काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले दलहरूले चुनावमा जनतालाई झूटा आश्वासन दिन बन्द गर्नुपर्ने बताएकी छन् ।
समाजवादी प्रेस संगठन कैलालीको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा बसिरहेका नागरिकहरूको लागि दलहरूले जग्गा दिने भन्दै झूटको खेती गरिरहेको आरोप लगाएकी हुन् । ‘त्यस्ता ठाउँमा आधारभूत सुविधा दिन मिल्दैन’, उनले भनिन् ‘चुनावका बेला सबै सुविधा दिन्छु भनेर भोट माग्छन् । त्यो गर्नु गलत हो ।’
निर्वाचनको समय आफू पनि मन्त्रीसँग शुक्लाफाँटा गएको र त्यहाँ प्रत्यक्षमा रूपमा कानूनले वञ्चित गरेकै कुराहरू पनि नेताहरूले आश्वासन बढिरहेको उनले टिप्पणी गरिन् ।‘बफर जोनमा लालपुर्जा दिन पाइँदैन । सेन्सेटिभ जोन (संकटग्रस्त क्षेत्र) कहाँ हो सबै थाहा छ । हामीले अन्तर्राष्ट्रिय कानूनमा पनि हस्ताक्षर गरेका छौँ । त्यस्ता ठाउँमा झूटो बोलेर खाली भोट बैंक नबनाऔँ’, उनले नेताहरूलाई आग्रह गरिन् ।
विगतमा आफूले एक व्यक्ति एक पदका विषयमा उठाएका कतिपय सवालहरू गलत रहेको उनले स्वीकार गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने