काठमाडौँ । आइतबार तोलामा ६०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य ४०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम छ । महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० र तेजाबी सुनको मुल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ थियो ।
सुनको मूल्यजस्तै चाँदीको मूल्य पनि लगातार दोस्रो दिन घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर कारोबारमा आएको हो ।
हिजो तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
साताको सुन बजार : प्रतितोला १८ सय रुपैयाँले घट्यो मुल्य
सुनको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
यो साता २१ सयले घट्यो सुनको मूल्य, चाँदी पनि ओरालो
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको?