बालेनले व्यवस्था गरेको धरहराको पार्किङ जोखिमपूर्ण

पत्रपत्रिकाबाट

सोमबार, २२ माघ २०८०, ०८ : १९
बालेनले व्यवस्था गरेको धरहराको पार्किङ जोखिमपूर्ण

काठमाडौ । सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ ।

मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  तथा उपकरण जडान नगरी पार्किङ सञ्चालन गरिएकाले निसास्सिएर  मानवीय  क्षति  हुने  सम्भावना  देखिएको  बताएको छ । 

काठमाडौँ महानगरपालिकाले माघ १४ देखि धरहराको बेसमेन्ट सवारीसाधन पार्किङका लागि खुला गरेको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता बिनु वज्राचार्य कुँवरले आइतबार विज्ञप्ति जारी गरी प्राविधिक परीक्षण तथा सल्लाह नै नगरी काठमाडौँ महानगरपालिकाले पार्किङ  सेवा  सञ्चालन  गरेकोमा  मन्त्रालयको  गम्भीर  ध्यानाकर्षण भएको उल्लेख गरेको खबर गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस