नारायणहिटी अगाडि दुर्गा प्रसाईंसहित राजतन्त्रवादीकाे प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, २० माघ २०८०, १४ : ३८
नारायणहिटी अगाडि दुर्गा प्रसाईंसहित राजतन्त्रवादीकाे प्रदर्शन

काठमाडौं । काठमाडौं नारायणहिटी दरबार संग्रालय अघि दुर्गा प्रसाईं लगायत राजवादीहरुको प्रदर्शन परेका छन् । आज दिउँसो संग्रालय अघि प्रसाईं लगायत राजवादीहरुको प्रदर्शन गरेका हुन् । ‘राजा आऊ, देश बचाऊ’  भन्दै नारा लगाएका थिए ।

दुर्गा प्रसाईँको नेतृत्वमा नारायणहिटीदेखि र्‍याली निकालिएको थियो । उनीहरुले राजा ल्याउन माग गर्दै नारा लगाइरहेका थिए । झडप हुन सक्ने खतरा बढेपछि ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस