काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको हिजोको इजलासले नेपाललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो ।
इजलासले नेपाललाई एक वर्ष कैद सजाय र छ लाख रुपैयाँ जरिबाना हुने फैसला सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । उपसचिव नेपाल २०७९ साउन १७ गते नागपोखरीको होटल अरण्यको परिसरबाट साढे २२ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका थिए । पर्यटन मन्त्रालयका तत्कालीन उपसचिव नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका ‘गोल्ड मेडलिष्ट’ हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ