रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारको दुरदृष्टिसहितको नीति नल्याउँदा देश अप्ठयारोमा परेको बताए । विकास योजना, जनतामैत्री नीति नल्याउदा देश अपठयारोमा पारेको उनले दुःखेसो गरे ।
प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले आयोजना गरेको संघसंस्थाहरुबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलको नियमबाट राजनीति दलहरुले धेरै कुरा सिक्न जरुरी रहेको बताए ।
खेलमा मित्रभाव, समभाव, प्रतिस्प्रर्धा र श्रेष्ठता हुने हुदा पनि यसबाट दल र नेताहरु अवलम्बन गर्न जरुरी रहेको उनले बताए । नागरिक स्वस्थ्य भएमात्र समाज हुँदै देश विकासमा सहयोग मिल्ने उनले बताए । अहिलेका युवाहरु खेलकुदसंगै उद्योग, व्यवसाय, रोजगारीका क्षेत्रमा सक्षम हुन जरुरी रहेको उनले बताए ।
प्रतियोगितामा रुपन्देहीका दुई दर्जन संघसंस्थाहरुले भाग लिएको चौतारीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले उपाध्यक्ष विष्णु पौडेलको रिट न्यायाधीशद्वय ढुङ्गाना र पोखरेलको इजलासमा
विष्णु पौडेललाई थप ३ दिनको म्याद थप
विष्णु पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने
विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
पूर्व अर्थमन्त्री विष्णु पौडेललाई लगियो विशेष अदालत
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेल विभागमा उपस्थित