काठमाडौँ । यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । माघ २२ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यस अगाडि शुक्रबार बसेको सभामुख देवराज घिमिरेसहित सबै दलका सचेतक र प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
पहिलो दिन राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउने, सरकारले ल्याएका अध्यादेशहरू पेश गर्ने, शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहनेछ ।
२२ गते दिउँसो ४ बजे संसद बैठक बोलाइएको छ । ढिलो बैठक बोलाइएका कारण शीर्ष नेताहरूको सम्बोधन अर्को दिनका लागि राखिएको हो ।यसको औपचारिक निर्णय भने प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले गर्नेछ ।
यसपटकदेखि प्रतिनिधि सभामा संसदीय क्यालेण्डर लागू गर्ने पनि संसद सचिवालयको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
संसदमा श्रम संस्कृतिको निरन्तर विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान