नेपाली चिकित्सकको अमेरिकी लाइसेन्सको नतिजा रद्द

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १५ : ५८
नेपाली चिकित्सकको अमेरिकी लाइसेन्सको नतिजा रद्द

काठमाडौँ । युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) ले ८ सय नेपाली चिकित्सकहरूको लाइसेन्स परीक्षाको नतिजा रद्द गरेको छ ।  २०२३ मा नेपालबाट परीक्षामा सामेल भएकाहरूको नतिजामा ‘अस्वाभाविक अंक’ देखिएको यूएसएमएलईको ठहर छ । यो निर्णयले नेपालबाट सहभागी ती परीक्षार्थी अन्योलमा परेका छन् । 

परीक्षार्थीमध्ये धेरैले असामान्य रूपमा एकै ढाँचामा उत्कृष्ट नतिजा ल्याएपछि अनुसन्धान थालिएको यूएसएमएलईले जनाएको छ । ‘जारी अनुसन्धानमा नेपाली परीक्षार्थीले अत्यधिक अंक प्राप्त गर्ने एकै ढाँचा देखियो, जसले उनीहरूले प्राप्त गरेको अंकमाथि नै प्रश्न खडा गर्‍यो,’ बुधबार जारी सूचनामा भनिएको छ, ‘सबै परीक्षार्थीको एउटै ढाँचा देखिनुले परीक्षा अगावै प्रश्नपत्रमाथि अनधिकृत पहुँच थियो भन्ने संकेत गर्छ ।’ यूएसएमएलईले शंकाको घेरामा परेका परीक्षार्थीको नतिजा रद्द गर्दै पुनः परीक्षामा सहभागी हुन सूचितसमेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस