कांग्रेस संसदीय दलको बैठक सुरु

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १५ : २२
कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने बताइएको छ ।

संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस