व्यवसायी अरुण चौधरी पक्राउ

सफल खबर संवाददाता

विहीबार, १८ माघ २०८०, १३ : ४७
व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं । व्यवसायी अरुण चौधरीलाई सीआइबीले पक्राउ गरेको छ । उनलाई बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा आज पक्राउ गरिएको सीआइबी स्रोतले बतायो ।

छाला उद्योगको१० रोपनी जग्गा हडपेर चाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा पक्राउ गरिएको सीआइबी स्रोतले जनायो । चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको छ ।

२०४२ देखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा, छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समिति निर्णयको आधारमा चौधरी र अजितनारायण सिंह थापालगायतको मिलेमतोमा हडपेको आरोपमा पक्राउ गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

गृहमन्त्रीको सुशासनको अभियान अन्तर्गत राज्यको सम्पत्ति जोगाउन यो कदम चालिएको स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस