म्यानचेस्टर सिटीको सहज जित

सफल खबर संवाददाता

विहीबार, १८ माघ २०८०, १० : ५३
म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नलेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु इथिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जिताउन जुलियन अल्भारेजले २ गोल गर्दा रोड्रीले १ गोल थपेका थिए । अमेन अल दखिलले बर्नलेका लागि १ गोल फर्काए ।

१६ औं मिनेटमा म्याथेस नुनेजको पासमा अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनै अल्भारेजले केभिन डी ब्रुएनाको पासमा २२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोलको अग्रता लिएको सिटीले दोस्रो हाफको सुरुमै (४६औ मिनेट) मा तेस्रो गोल गरेको थियो । 

रोड्रीले व्यक्तिगत पहिलो गोल गर्दा सिटी ३-० को सहज अवस्थामा अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा अमेन अल दखिलले डेभिड फोफानाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार भने टरेन ।

जितसँगै सिटी ४६ अंकका साथ दोस्रो स्थानमा छ भने बर्नले पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेशनको खतरामा परेको छ । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै टोटनह्याम चौथो स्थानमा उक्लँदा ब्रेन्टफोर्ड १५ औं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस