सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा प्राडा शिवलाल भुसाललाई थप तीन महिना नियुक्त गरेको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन महिना विश्वविद्यालयको जिम्मेवारी दिनेगरी उपकुलपतिमा नियुक्त गरेका हुन् ।
१६ कात्तिकमा तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ कात्तिकमा तत्कालीन शिक्षाध्यक्ष प्राडा भुसाललाई तीन महिनाका लागि उपकुलपतिमा नियुक्त गरेको थियो ।
उनको कार्यकाल सकिन लागेको तर नयाँ नियक्ति प्रक्रिया नटुंगिएकाले सरकारले नयाँ व्यवस्था नभएसम्मको लागि भन्दै भुसालको कार्यकाल तीन महिना थपेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविको निर्णयविरुद्ध १०त्रिवि संगठन, दलीय संरचना हटाउने निर्देशन फिर्ता लिन माग
त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)