काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य नरहेको बताएका छन् । मंगलवार काठमाडौँमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पोखरेलले वर्तमान सरकारले लाचारीले मुलुकको राष्ट्रिय हितको विषय ओझेलमा परेको बताए ।
उनले ओलीले महाकाली सन्धिको सन्दर्भमा आफैँले उठान गरेको लिपुलेक र कालापानी नेपालको भूमि हो भन्ने कुरालाई आफू प्रधानमन्त्री भएको बेला कामै गरेर पुष्टि गरेको बताए । महासचिव पोखरेलले ओलीले भारतसँग महाकाली सन्धिबारे पुनरावलोकन गर्ने विषयलाई २०४९ सालमा संसदमा उठाएको उल्लेख गर्दै त्यसलाई मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा भारतसँग सो विषयमा औपचारिक प्रस्ताव राखेको तथ्य पनि स्मरण गराए ।
उनले भने, ‘अहिलेको सरकार भनेको राष्ट्रिय हितलाई नेतृत्व गर्न सक्ने सामर्थ्य सरकार नै छैन । केही ओलीले त्यतिबारे महाकाली सन्धिबारे जे कुरा राख्नुभयो । महाकाली सन्धिकोसन्दर्भमा यसको सिमाना लिपुलेक र कालापानी हो भनेर त्यतिबेला संसदमा विषय प्रवेश गराउने उहाँ हुनुहुन्थ्यो । र अन्तिममा उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सा प्रकाशित गरिकन आफ्नो अडानमा दृढ रहेको पुष्टि गर्ने काम गर्नुभएको छ । अर्थात् उहाँले बोल्नु मात्रै भएको छैन । बोलेका कुराहरूलाई आफू जिम्मेवारीमा रहँदाखेरी त्यसलाई पुष्टि गर्ने काम गर्नुभएको छ भन्ने कुरा म राख्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न