फिक्कल । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बू सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ ।
तामाखोला दोभानमा बस्दै आएका उनीहरुबिच शुक्रबार साँझ झैझगडा भएको थियो । झगडाका क्रममा बालध्वजको कुटपिटबाट गम्भीर घाइते भएकी हस्तकुमारीको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको थियो ।
त्यसपछि श्रीमतीको शव लिएर माङसेबुङ आएका बालध्वजलाई प्रहरी चौकी इभाङको टोलीले घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ
प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ