चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले काँग्रेसले सुरु गरेको समुदायमा काँग्रेस अभियानमा तल्लो तहका नागरिकका कुरा सुनिने बताएका छन् ।
प्रेस युनियनका जिल्लास्थित पत्रकारसँग आज यहाँ भएको अन्तर्क्रियामा पोखरेलले यस अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताए । गाउँ गाउँमा पुगेर आम नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ थियो ।
विपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएका भन्दै नेता पोखरेलले अहिलेको परिवेश अनुसार काँग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने विश्वास व्यक्त गरे । बसाइँ सराइ, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञानलगायत विविध परिवेश फेरिएको भन्दै उनले सोही अनुसार अघि बढ्न अभियान गरिएको बताए ।
यही माघ १३ गतेदेखि सुरु भएको अभियान २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे काँग्रेसको असन्तुष्टि
कांग्रेसले बोलायो संसदीय दलको बैठक
लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति काँग्रेसको आपत्ति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक