मोटरसाइकल चोरीको आरोपमा युवक पक्राउ

सफल खबर संवाददाता

सोमबार, १५ माघ २०८०, ०८ : २६
मोटरसाइकल चोरीको आरोपमा युवक पक्राउ

सर्लाही । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले सर्लाहीको हरिवनबाट एक युवकलाई पक्राउ गरेको छ। 

हरिवन नगरपालिका ११ हलुवाई टोल बस्ने २८ वर्षीय भरत विकलाई प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरेको हो। 

गएको पुस २८ गते पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्नेे हरिवन ११ स्थित हरिवन बजारबाट पार्किङ गरी राखेको ना ५० प ७७८५ नम्बरको मोटरसाइकल चोरी भएको थियो। 

मोटरसाइकल धनीले दिएको हुलिया र सीसीटीभी फुटेजको आधारमा खोजी गर्ने क्रममा मोटरसाइकलसहित दुई सातापछि विक पक्राउ परेका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। 

प्रहरीले विकलाई अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। 

प्रतिक्रिया दिनुहोस