काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकमा वाम विकल्प नेकपा एसले मात्रै दिन सक्ने दाबी गरेका छन् । अबको दुई वर्षभित्रमा पार्टीलाई मुलुकमा वाम विकल्प दिन सक्ने दाबी गरेका हुन्।
पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै आगामी दिनमा हामी सिद्धान्तनिष्ठ भएर अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे। उनले भने, ‘आगामी दिनमा हामी सिद्धान्तनिष्ठ भएर एक ठाउँमा उभिन्छौँ र अगाडि बढेर यो लपेटमा सिद्धान्तको, राजनीतिक, परिचालनको यो लपेटमा देशका अरू समाजवादी वामपन्थीहरूलाई एक ठाउँमा ल्याउँछौँ हामी डेढ दुईवर्षमा मुलुकमा वाम विकल्पको विकल्प दिन्छौँ भन्ने सङ्कल्पका साथ उठ्यौँ भने हामीले पूरा गर्न सक्ने ठाउँमा छौँ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ माघ २०८०, १८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल