४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १२ : ४५
४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

तनहुँ। तनहुँमा ४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका - १० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक छन् ।उनलाई लाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।