बौद्धबाट सवा ३० लाख रुपैयाँसहित दुई जना पक्राउ​

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, १६ : २१
बौद्धबाट सवा ३० लाख रुपैयाँसहित दुई जना पक्राउ​

काठमाडौं। सवा ३० लाख नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।

 

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार उनीहरूलाई काठमाडौं महानगरपालिका ६ बौद्धबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौं अनामनगरका ५० वर्षीय युवराज प्रसाईं र धरान उपमहानरपालिका १९ का ३० वर्षीय विश्वास राई छन् ।प्रहरीले उनीहरूको घरबाट २ वटा ल्यापटप र ५ वटा मोबाइलसमेत बरामद गरेको छ ।