काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भोलिदेखि समुदायमा कांग्रेस अभियान लिएर जनतामाझ जाने भएको छ । ‘समुदायमा जाऔं,जनताका कुरा सुनौं’ भन्ने नारासहित कांग्रेसले पहिलो चरणमा नयाँ अभियान चलाउने भएको छ । पार्टीले भोलिदेखि २६ गतेसम्म समुदायमा कांग्रेसले अभियान चलाउन लागेको हो । त्यसका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि जिल्लामा खटाइसकेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अभियानको क्रममा समुदायमा पुुगेर जनताका अपेक्षा,सुुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने काम हुनेछ ।माघ १६ गते शहिद दिवसको दिन विशेष कार्यक्रमसहित ६ हजार ७४३ वडामा कार्यक्रम,सम्बन्धित वडा र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि बाहेक केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्यदेखि स्थानीय तहसम्मका नेताहरु वडामा अनिवार्य पुग्न पार्टीले निर्देशन दिएको छ । केन्द्रदेखि वडातहमा खटिएका सबै प्रतिनिधिले कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा अनिवार्य सहभागी हुनुपर्नेछ।
समुदायमा कांग्रेस अभियानलाई सफल र प्रभावकारी बनाउन तथा माघ १६ गते सबै आफु क्रियाशील रहेको वडामा पुगि अभियानमा सहभागी हुन पार्टीको विभिन्न तहमा जिम्मेवारी सबैलाई आह्वान गरेको छ। पहिलो चरण माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने