बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० काे मतदान कार्य प्रारम्भ भएको छ ।
पहिलो मतदान प्रदेश सभा सदस्यतर्फ मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्थानीय तहतर्फ घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मतदान गरेका छन्।
दाङकाे घाेराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानको व्यवस्था गरिएको छ । मतदानका लागि दुई लाइन विभाजन गरिएको छ।
लुम्बिनी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ माओवादीका झक्कु सुवेदी र महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा चुनावी प्रतिस्पर्धामा छन् । एमालेका उम्मेदवारबाट महिलातर्फ तुलसा कुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी परेको छ ।
राप्रपाले महिलातर्फ विजयलक्ष्मी सिंहलाई मैदानमा पठाउँदा जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा