यूएईबाहेकका खाडी मुलुकमा ‘फाइटर’ प्रदर्शनमा रोक

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, १४ : १२
यूएईबाहेकका खाडी मुलुकमा ‘फाइटर’ प्रदर्शनमा रोक

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोण स्टारर बलिउड फिल्म ‘फाइटर’ शुक्रबार विश्वभर रिलिज हुँदैछ । तर यो फिल्मको प्रदर्शनमा यूएई बाहेक मध्यपूर्वका मुलुकले रोक लगाएका छन् ।

बलिउड फिल्म निर्माता तथा विश्लेषक गिरिश जोहरलाई उध्दृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार अहिलेसम्म ती मुलुकमा प्रतिबन्धको निर्णय कायमै छ । तर प्रतिबन्ध लगाउनुको कारण भने केही खुलाइएको छैन ।

जोहरले ट्वीट गरेका छन्, ‘फिल्मलाई ठूलो धक्का । फाइटरलाई मध्यपूर्वमा प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ । तर यूएईमा भने पीजी-१५ सर्टिफिकेटसँगै रिलिज हुनेछ ।’

स्रोतले पनि फाइटरलाई यूएई बाहेकका मुलुकमा रोक लगाइएको खबरको पुष्टि गरेको उक्त भारतीय समाचार संस्थाले जनाएको छ । यसबारे निर्माताले पनि आधिकारिक रुपमा केही बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस