काठमाडौँ । सरकारले माघ १२ गते १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले विकास ऋणपत्रमार्फत उक्त ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गरिने जनाएको छ ।
५ वर्षे विकास ऋणपत्रका लागि इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले तोकिएको प्रक्रिया पुरा गरी माघ ११ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।
सूचना अनुसार विकास ऋणपत्रको बोलकबोल बिहीबार दिउँसो २ बजे हुनेछ । इच्छुक लगानीकर्ताहरूले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि आवेदन दिन सक्नेछन् ।
२०८० माघ १२ गते जारी हुने विकास ऋणपत्र २०८५ माघ १२ गते परिपक्व हुनेछ । लगानीकर्ताले विकास ऋणपत्रको ब्याज छ/छ महिना अर्थात् अर्धवार्षिक रूपमा पाउने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
असार १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो