काठमाडौँ । सरकारले माघ १२ गते १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले विकास ऋणपत्रमार्फत उक्त ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गरिने जनाएको छ ।
५ वर्षे विकास ऋणपत्रका लागि इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले तोकिएको प्रक्रिया पुरा गरी माघ ११ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।
सूचना अनुसार विकास ऋणपत्रको बोलकबोल बिहीबार दिउँसो २ बजे हुनेछ । इच्छुक लगानीकर्ताहरूले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि आवेदन दिन सक्नेछन् ।
२०८० माघ १२ गते जारी हुने विकास ऋणपत्र २०८५ माघ १२ गते परिपक्व हुनेछ । लगानीकर्ताले विकास ऋणपत्रको ब्याज छ/छ महिना अर्थात् अर्धवार्षिक रूपमा पाउने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट
डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन