मिडल्सब्रोको पोस्टमा चेल्सीको ६ गोल

एजेन्सी

बुधबार, १० माघ २०८०, १० : १६
मिडल्सब्रोको पोस्टमा चेल्सीको ६ गोल

एजेन्सी । चेल्सी काराबाओ कप फुटबलको फाइनलमा पुगेको छ। 

गएराति भएको सेमिफाइनलको लेग–२ मा मिडल्सब्रोलाई ६–१ गोल अन्तरले हराउँदै चेल्सी समग्रमा ६–२ को अग्रतासहित फाइनलमा प्रवेश गरेको हो। 

पहिलो लेगमा मिडल्सब्रो १–० ले विजयी भएको थियो।घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि कोल पालमरले दुई तथा इन्जो फर्नान्डेज, डिसासी र नोनी मेड्युकेले एक–एक गोल गरे। 

एक गोल भने चेल्सीले मिडल्सब्रोबाट आत्मघाती गोल उपहार पायो। खेलको १५औँ मिनेटमा मिडल्सब्रोका जनी हाउसनले आत्मघाती गोल गरेका थिए।

मिडल्सब्रोका मोर्गन रोगरले खेलको ८८औँ मिनेटमा एक गोल फर्काएका थिए।

चेल्सी अब फाइनलमा लिभरपुल र फुलहममध्ये विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीचको सेमिफाइनल आज राति हुनेछ।

प्रतिक्रिया दिनुहोस