'जय श्री राम' भन्दै देउवाले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, १३ : ३१
'जय श्री राम' भन्दै देउवाले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रम गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

देउवाले मंगलबार एक्समा लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको उद्घाटन भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई । पवित्र जीवन अभिषेक समारोह सनातन धर्मका सबै अनुयायीहरूको लागि गौरवको क्षण हो। जय श्री राम!"

सोमबार राम मन्दिरमा अभिषेक भएको बेला नेपालका धेरै ठाउँमा दीपोत्सव भएकाे थियाे ।

राम मन्दिर मंगलबार पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिरमा बिहानैदेखि दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस