बोर्नमाउथमाथि लिभरपुलको सानदार जित

सफल खबर संवाददाता

सोमबार, ०८ माघ २०८०, ११ : ४०
बोर्नमाउथमाथि लिभरपुलको सानदार जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगको लिग लिडर लिभरपुलले बोर्नमाउथमाथि ४–० को शानदार जीत हासिल गर्दै लिगको शीर्ष स्थानमा ५ अङ्कको अग्रता कायम गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले पहिलो हाफ गोलरहित बराबरीको अवस्थालाई दोस्रो हाफमा ४ गोल गर्दै शानदार जित निकालेको हो ।दोस्रो हाफको चौथो मिनेट अर्थात् खेलको ४९ औँ मिनेटमा लिभरपुलको लागि नुनेजले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि ७० र ७९ मिनेटमा जोटाले लगातार गोल गर्दै लिभरपुललाई ३–० को अवस्थामा पुर्‍याए । अर्को गोल पुन नुनेजले गर्दै लिभरपुल विजयी बन्यो । जितसँगै लिभरपुल २१ खेलबाट ४८ अंक सहित पहिलो स्थानमा रहेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४३ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस