काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आगामी माघ २४ गते सुनसरीको इटहरीमा उक्त प्रशिक्षण आयोजना गरिएको सो पार्टीले जनाएको छ ।
यसअघि मुलुकका विभिन्न ६ ठाउँमा पार्टीले यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
महामन्त्री वर्तौलाका अनुसार सात स्थानमा क्षेत्रीय स्तरको भेला प्रशिक्षण सम्पन्न भएपछि जिल्ला तहमा सघन रुपमा प्रशिक्षण सञ्चालन गरिनेछ । काठमाडौँ, महोत्तरी,रुपन्देही, सुर्खेत, कञ्चनपुर र पोखरामा प्रशिक्षण सम्पन्न गरिसकेको सो पार्टीले अव इटहरीमा गर्न लागेको हो । माघ २४ को कार्यक्रमका सुनसरी जिल्ला समितिको बैठक बसी तयारी सुरु भैसकेको र जिम्मेवारी विभाजन गरी विभिन्न समितिहरू समेत निर्माण गर्ने काम गरिएको सह–महामन्त्री प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग