काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आगामी माघ २४ गते सुनसरीको इटहरीमा उक्त प्रशिक्षण आयोजना गरिएको सो पार्टीले जनाएको छ ।
यसअघि मुलुकका विभिन्न ६ ठाउँमा पार्टीले यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
महामन्त्री वर्तौलाका अनुसार सात स्थानमा क्षेत्रीय स्तरको भेला प्रशिक्षण सम्पन्न भएपछि जिल्ला तहमा सघन रुपमा प्रशिक्षण सञ्चालन गरिनेछ । काठमाडौँ, महोत्तरी,रुपन्देही, सुर्खेत, कञ्चनपुर र पोखरामा प्रशिक्षण सम्पन्न गरिसकेको सो पार्टीले अव इटहरीमा गर्न लागेको हो । माघ २४ को कार्यक्रमका सुनसरी जिल्ला समितिको बैठक बसी तयारी सुरु भैसकेको र जिम्मेवारी विभाजन गरी विभिन्न समितिहरू समेत निर्माण गर्ने काम गरिएको सह–महामन्त्री प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै
राप्रपाले भन्यो : ‘जेन जेड विद्रोहको बलिदानलाई निष्कर्षमा नपुर्याई सम्झौता गरिनु गम्भीर चूक’
जीएसआई प्रस्तावबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ