रुकुम । रुकुम पश्चिममा धारिलो हतियार प्रहार गरी एक जना किशोरको हत्या भएको छ। घटनामा अर्का एक घाइते भएका छन्।
मुसिकोट नगरपालिका- ११ काफलडाँडाका ३२ वर्षीय चन्द्रबहादुर पुनले रुकुम पश्चिमकै परिवर्तन गाउँपालिका पाछावाङका १४ वर्षीय निर्मल डाँगीको हत्या गरेका प्रहरीले जनाएको छ।
शनिबार राति सुतिरहेको ठाउँमा पुनले कोठामै गएर किशोरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। हत्यामा संलग्न पुनको मानसिक अवस्था ठिक नभएको स्थानीयले बताएका छन्।
घटनापछि प्रहरीले पुनलाई पक्राउ गरेको छ। उनको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनामा पुनले प्रहार गरेको खुकरीले लागेर मुसिकोट- ११ का सुकलाल पुन घाइते भएका छन्।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु