रड प्रहार गरी पत्नीको हत्या

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, ०८ : ३९
रड प्रहार गरी पत्नीको हत्या

दाङ । दाङको तुलसीपुरमा एक व्यक्तिले पत्नीको हत्या गरेका छन्। 

तुलसीपुर उपमहागनरपालिका– ४ का ४३ बर्षीय पेण्डुवा चौधरीले घरायसी विवादमा आफ्नी ४२ वर्षीया पत्नी लक्ष्मी चौधरीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

रक्सीले मातेपछि उनले गएराति पत्नीलाई रडले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि प्रहरीले चौधरीलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया दिनुहोस