एजेन्सी । पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर-उल-हक कक्कडको कार्यालयले पाकिस्तान र इरानबीचको कूटनीतिक सम्बन्ध फेरि सुचारु भएको जनाएको छ।
दुवै देशका राजदूत छिट्टै आ–आफ्नो पदमा फर्किने अपेक्षा गरिएको छ । तर, यस विषयमा इरानबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
एकअर्काको भूभागमा रहेको कथित अतिवादी अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमणपछि दुवै देशले आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएका थिए।
अब वार्तापछि यी कूटनीतिज्ञहरू आ–आफ्नो पदमा काम गर्न दूतावासमा आउने अपेक्षा गरिएको छ ।
इरानले मंगलबार बलुचिस्तान प्रान्तमा आक्रमण गरेको थियो, जसमा पाकिस्तानले दुई जनाको मृत्यु भएको जनाएको छ।
त्यसपछि पाकिस्तानले बिहीबार इरानमाथि आक्रमण गरेको थियो । इरानले यी आक्रमणमा नौ जनाको ज्यान गएको जनाएको छ ।
यसअघि शुक्रबार दुई देशका विदेशमन्त्रीबीच भएको फोन वार्तामा पाकिस्तानले इरानसँग सबै मुद्दामा काम गर्ने इच्छा व्यक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०६ माघ २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए