एजेन्सी । पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर-उल-हक कक्कडको कार्यालयले पाकिस्तान र इरानबीचको कूटनीतिक सम्बन्ध फेरि सुचारु भएको जनाएको छ।
दुवै देशका राजदूत छिट्टै आ–आफ्नो पदमा फर्किने अपेक्षा गरिएको छ । तर, यस विषयमा इरानबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
एकअर्काको भूभागमा रहेको कथित अतिवादी अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमणपछि दुवै देशले आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएका थिए।
अब वार्तापछि यी कूटनीतिज्ञहरू आ–आफ्नो पदमा काम गर्न दूतावासमा आउने अपेक्षा गरिएको छ ।
इरानले मंगलबार बलुचिस्तान प्रान्तमा आक्रमण गरेको थियो, जसमा पाकिस्तानले दुई जनाको मृत्यु भएको जनाएको छ।
त्यसपछि पाकिस्तानले बिहीबार इरानमाथि आक्रमण गरेको थियो । इरानले यी आक्रमणमा नौ जनाको ज्यान गएको जनाएको छ ।
यसअघि शुक्रबार दुई देशका विदेशमन्त्रीबीच भएको फोन वार्तामा पाकिस्तानले इरानसँग सबै मुद्दामा काम गर्ने इच्छा व्यक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०६ माघ २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान