छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

शुक्रबार, ०५ माघ २०८०, १५ : ०८
छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । दाङ, लमही नगरपालिका-६ देउपुर बस्ने ४० वर्षीय युबराज सुनुवार राई सोही नगरपालिका-७ अर्जुनखोलास्थित एक खाजा पसल अगाडि शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, खैरहनी नगरपालिका-१३ गौवा ढुँग्रेखोला नजिक केराघारीभित्र रोल्पा दुइखोली गाउँपालिका-१ बस्ने २५ वर्षीय विक्रम रोक्कामगर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, सुरूङगा नगरपालिका-४ टावर चोकस्थित सडक छेउमा भारत दरभंगा घर भएका ३५ वर्षीय बलमुवा धामी बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस