सुर्खेत विमानस्थल विस्तार गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, १६ : ३३
सुर्खेत विमानस्थल विस्तार गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेत विमानस्थलको विस्तार गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विमानस्थल विस्तारको विषयमा वीरेन्द्रनगर नगरपालिकाले गरेको निर्णय बुझ्दै शर्माले विमानस्थल विस्तार गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् । 

उनले भने, ‘सुर्खेतमा नयाँ विमानस्थल निर्माणको विषयको चर्चा हुँदै गर्दा पुरानो ९भइरहेको० विमानस्थलको विस्तार र स्तोरन्नती गरिदिनुपर्दछ । सबै पक्षबाट आवश्यक सहयोग लिएर काम अगाडि बढाइन्छ ।’मुख्यमन्त्री शर्माले विमानस्थल विस्तारका लागि चालु आर्थिक वर्षमा बजेट भने नरहेको प्रष्ट पारे । 

प्रदेश सरकारले २०७६ सालदेखिनै विस्तार कार्यका लागि पहल गरिरहेको थियो । तर, स्थानीय जनता र सुर्खेतका नेताहरुको साथ नपाउँदा पछि हट्नुपर्‍यो ।पूर्वी सुर्खेतको रामघाटमा विमानस्थल बनाउने र अहिलेको  विमानस्थललाई कमजोर पार्ने गरी डकुमेन्टहरु बाहिर आएपनि नेताहरु वर्तमान विमानस्थल विस्तार गर्नुपर्ने पक्षमा उभिएका हुन्।

नगरपालिकाले केही दिनअघि विस्तारका विषयमा कार्यपालिकामार्फत गरेका निर्णयसहित मुख्यमन्त्री शर्मालाई ज्ञापनपत्र बुझाएको हो । 

नगरप्रमुख मोहनमाया ढकालले विगतको निर्णयलाई सच्याउँदै विस्तारका लागि नगरपालिका सहयोग गर्न तयार भइरहेको बताएकी छिन् । नगरपालिकाले यसअघि जनताको प्रतिनिधित्व गर्ने भन्दै विकल्प खोज्न आग्रह गरेको थियो । तर, अहिले उक्त निर्णय सच्याउँदै विस्तारको पक्षमा उभिएको छ ।

प्रतिक्रिया दिनुहोस