काठमाडौँ । इरानले पाकिस्तानमा गरेको हवाई हमलाबाट इस्लामाबाद आक्रोशित भएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आक्रमणलाई ‘देशको सार्वभौमसत्ताको उल्लङ्घन’ भन्दै त्यसको गम्भीर परिणामको भोग्नु पर्ने चेतावनी दिएको छ ।
मंगलबार इरानले पाकिस्तानमा रहेको आतङ्कवादी समूह जैश अल–अदलका अड्डाहरूलाई निशाना बनाएर हमला गरेको थियो । इरानी सञ्चारमाध्यमका अनुसार बलुचिस्तान प्रान्तको पहाडी क्षेत्रमा आक्रमण गरिएको थियो । इरानले आतङ्कवादी स्थानहरूलाई मिसाइल र ड्रोनले निशाना बनाएको थियो । आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र तीन जना घाइते भएको पाकिस्तानले जनाएको छ ।
इरानको यो कदमले दुई देशबीचको सम्बन्ध बिग्रने डर छ । दुवै देशले लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम राख्दै एक अर्कालाई शङ्काको दृष्टिले हेर्दै आएका छन् ।तर,पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्तिमा जारी गर्दै उक्त हमलालाई सार्वभौमसत्ताको उल्लङ्घन मानेको छ ।
‘पाकिस्तानको सार्वभौमसत्ताको यो उल्लङ्घन पूर्णतया अस्वीकार्य छ र यसले गम्भीर परिणाम निम्त्याउन सक्छ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि इरानले सिरिया र इराकमा पनि आक्रमण गरेको थियो । सुन्नी आतङ्कवादी समूह इस्लामिक स्टेटले यस महिना गराएको दुईवटा आत्मघाती बम विस्फोटपछि तेहरान आक्रोशित छ, जसमा ९० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ माघ २०८०, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
इरानसँग बेल्जियमको गोलरहित बराबरी
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी