काठमाडौँ । इरानले पाकिस्तानमा गरेको हवाई हमलाबाट इस्लामाबाद आक्रोशित भएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आक्रमणलाई ‘देशको सार्वभौमसत्ताको उल्लङ्घन’ भन्दै त्यसको गम्भीर परिणामको भोग्नु पर्ने चेतावनी दिएको छ ।
मंगलबार इरानले पाकिस्तानमा रहेको आतङ्कवादी समूह जैश अल–अदलका अड्डाहरूलाई निशाना बनाएर हमला गरेको थियो । इरानी सञ्चारमाध्यमका अनुसार बलुचिस्तान प्रान्तको पहाडी क्षेत्रमा आक्रमण गरिएको थियो । इरानले आतङ्कवादी स्थानहरूलाई मिसाइल र ड्रोनले निशाना बनाएको थियो । आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र तीन जना घाइते भएको पाकिस्तानले जनाएको छ ।
इरानको यो कदमले दुई देशबीचको सम्बन्ध बिग्रने डर छ । दुवै देशले लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम राख्दै एक अर्कालाई शङ्काको दृष्टिले हेर्दै आएका छन् ।तर,पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्तिमा जारी गर्दै उक्त हमलालाई सार्वभौमसत्ताको उल्लङ्घन मानेको छ ।
‘पाकिस्तानको सार्वभौमसत्ताको यो उल्लङ्घन पूर्णतया अस्वीकार्य छ र यसले गम्भीर परिणाम निम्त्याउन सक्छ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि इरानले सिरिया र इराकमा पनि आक्रमण गरेको थियो । सुन्नी आतङ्कवादी समूह इस्लामिक स्टेटले यस महिना गराएको दुईवटा आत्मघाती बम विस्फोटपछि तेहरान आक्रोशित छ, जसमा ९० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ माघ २०८०, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु