सरकारी खर्च जोगाउने प्रयास: प्रधानमन्त्रीको सचिवालयबाट १३ जनाको बिदाइ

सफल खबर संवाददाता

मंगलबार, ०२ माघ २०८०, १३ : १९
सरकारी खर्च जोगाउने प्रयास: प्रधानमन्त्रीको सचिवालयबाट १३ जनाको बिदाइ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट १३ जनालाई बिदाइ गरिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले माघ १ गतेदेखि लागू हुनेगरी १३ जनालाई बिदाइ गरेको हो ।

बिदाइ गरिएकामा एक स्वकीय उपसचिव, चार स्वकीय सहसचिव, एक स्वकीय शाखा अधिकृत र दुई प्रशासन सहायक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

यसैगरी दुई कम्प्युटर सहायक, एक कार्यालय सहायक र दुई सवारी चालक छन् ।प्रधानमन्त्री प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा १० पुसमा गरेको सम्बोधनमा सरकारको कार्यशैली बदल्ने भन्दै सुधारको काम प्रधानमन्त्री कार्यालयबाटै शुरू गर्ने बताएका थिए । 

 

 

प्रधानमन्त्री प्रचण्डले मन्त्रीका साथै आफ्नो सचिवालयमा समेत व्यापक हेरफेर गर्ने बताएका थिए । तर, मन्त्री फेर्ने विषय भने अगाडि बढेको छैन ।

प्रतिक्रिया दिनुहोस