काठमाडौं। इरानले इराकमा रहेको इजरायली जासूस मुख्यालयमा हमला गरेको छ । हमास र इजरायलबीच जारी युद्ध क्षेत्रभर फैलिने खतरा रहेको बेला यी आक्रमणहरू भएका हुन् ।इराकको अर्ध स्वायत्त कुर्द क्षेत्रमा हमला गरिएको समाचार एजेन्सी एपीले जनाएको छ । यो हमला भएको ठाउँ भीआईपी क्षेत्र हो, यसकै अलि टाढा अमेरिकी वाणिज्य दूतावास छ।
समाचारमा जनाइएअनुसार कुर्दिश क्षेत्रीय सरकारको सुरक्षा परिषदले एक विज्ञप्ति जारी गर्दै आक्रमणमा चार जनाको मृत्यु भएको र छ जना घाइते भएको जनाएको छ।
रोयटर्सका अनुसार रिभोलुसनरी गार्ड्सले पनि सिरियामा इस्लामिक स्टेटविरुद्ध आक्रमण गरेको बताएको छ ।रिभोलुसनरी गार्डले आफ्नो विज्ञप्तिमा 'यहूदी शासनको हालैको अत्याचारको प्रतिक्रियामा आक्रमण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
इरानसँग बेल्जियमको गोलरहित बराबरी
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी