काठमाडौं। इरानले इराकमा रहेको इजरायली जासूस मुख्यालयमा हमला गरेको छ । हमास र इजरायलबीच जारी युद्ध क्षेत्रभर फैलिने खतरा रहेको बेला यी आक्रमणहरू भएका हुन् ।इराकको अर्ध स्वायत्त कुर्द क्षेत्रमा हमला गरिएको समाचार एजेन्सी एपीले जनाएको छ । यो हमला भएको ठाउँ भीआईपी क्षेत्र हो, यसकै अलि टाढा अमेरिकी वाणिज्य दूतावास छ।
समाचारमा जनाइएअनुसार कुर्दिश क्षेत्रीय सरकारको सुरक्षा परिषदले एक विज्ञप्ति जारी गर्दै आक्रमणमा चार जनाको मृत्यु भएको र छ जना घाइते भएको जनाएको छ।
रोयटर्सका अनुसार रिभोलुसनरी गार्ड्सले पनि सिरियामा इस्लामिक स्टेटविरुद्ध आक्रमण गरेको बताएको छ ।रिभोलुसनरी गार्डले आफ्नो विज्ञप्तिमा 'यहूदी शासनको हालैको अत्याचारको प्रतिक्रियामा आक्रमण गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानका सर्वोच्च नेताका छोराको अर्बौँ डलरको शंकास्पद सम्पत्तिबारे खुलासा: लण्डनदेखि दुबईसम्म आलिसान महल
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
सन् २०२५ मा कम्तीमा एक हजार ५०० इरानीलाई मृत्युदण्ड
६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता