एजेन्सी । ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचन हुँदैछ । ताइवानमा दुई करोड ९५ लाख जनताले आफ्नो मनपर्ने उम्मेदवार छान्न मतदान गरिरहेको बीबीसीले जनाएको छ ।
चुनावबाट नयाँ राष्ट्रपति चुनिने छ । किनकी हालका राष्ट्रपतिले दुई कार्यकाल पूरा गरेका छन् । ताइवानको नियमानुसार तेस्रो कार्यकाल राष्ट्रपति बन्न पाइँदैन ।
ताइवानको चुनावले देशको राष्ट्रपति मात्रै चयन गर्नेछैन, चीनसँगको सम्बन्धलाई पनि असर गर्ने ठानिएको छ ।
चीनले ताइवानलाई आफ्नो देशको हिस्सा मान्दै आएको छ । चुनावको एक दिनअघि पनि चीनले सोही कुरा दोहोर्याएको छ ।
चीनको रक्षा मन्त्रालयले शुक्रबार भनेको छ, 'ताइवान स्वतन्त्रता'को लागि कुनै पनि पृथकतावादी योजनाहरूलाई दृढतापूर्वक कुचल्न सबै आवश्यक कदम चाल्नेछ।'
यता ताइवानको रक्षा मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल साइट एक्समा ‘युद्धका लागि सधैं तयार’ रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०८०, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल