परराष्ट्रसचिव लम्साल र पाकिस्तानका राजदूत हास्मीबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, १९ : १९
परराष्ट्रसचिव लम्साल र पाकिस्तानका राजदूत हास्मीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल-पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नेपाल-पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय तुल्याउने सम्बन्धमा छलफल भएको थियो ।

राजदूत हास्मीले नवनियुक्त सचिव लम्साललाई पाकिस्तानका विदेश सचिव मुहम्मद साइरस क्बाजीले पठाएको पत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस