आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमर र राष्ट्रपतिबीच शिष्टाचार भेट

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०८०, १३ : २०
आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमर र राष्ट्रपतिबीच शिष्टाचार भेट

काठमाडौँ । आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवनमा भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास रहेको र यसले नै लोकतन्त्र, समावेशीकरण र सङ्घीयतालाई संस्थागत गर्नमा योगदान दिनेछ भन्नेमा नेपाली जनताको विश्वास रहेको बताए ।

नेपाल र आयरल्यान्डबिच रहेको सौहार्द्रपूर्ण सम्बन्धलाई थप बलियो बनाउँदै आगामी दिनहरूमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रका आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने आवश्यकतामा पौडेलले जोड दिए ।

प्रतिक्रिया दिनुहोस