काठमाडौँ । बलात्कार मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज घर भएर स्यूचाटार बस्ने अनिरुद्ध यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।
आरोपी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा बलात्कार मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएपछि उनी फरार थिए । आरोपी विरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ पुस २०८०, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ