काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) पहिचान सकिएर ओलीको पार्टी बन्ने तयारीमा रहेको टिप्पणी गरेका छन् ।
आज (बुधवार) पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको मनामौजी प्रवृत्ति, शक्तिको आकांक्षा, व्यक्तिको स्वच्छन्दताले एमालेको पहिचान सकिने अवस्थामा पुगेको आरोप लगाएका हुन् । उनले ओलीलाई शक्तिका लागि मर्न/मार्न, संसद् विघटन गर्न, पार्टी विभाजन गर्न, आफ्नैलाई राष्ट्रघाती भन्न, बदनाम गर्न तयार हुने मनस्थिति, विचार र मनोविज्ञान बोकेको पात्रको रुपमा चित्रण गरे ।
‘अहिले एमालेको पनि करिब–करिब पहिचान सकिएर ओलीको पार्टीतिर जाँदैछ । ओलीको प्रवृत्तिहरु, ओलीको मनमौजी, ओली एक जना व्यक्तिको स्वच्छन्दता, शक्तिप्रतिको अन्तिम आकांक्षा, मर्न, मार्न, संसद् विघटन गर्न, पार्टी विभाजन गर्न, आफ्नै कमरेडहरुलाई राष्ट्रघाती भन्न, आफ्नै कमरेडहरुलाई बदनाम गर्न सबै तयार हुने मनस्थिति, विचार, मनोविज्ञानको नाम हो ओली,’- भुसालले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल