काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) पहिचान सकिएर ओलीको पार्टी बन्ने तयारीमा रहेको टिप्पणी गरेका छन् ।
आज (बुधवार) पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको मनामौजी प्रवृत्ति, शक्तिको आकांक्षा, व्यक्तिको स्वच्छन्दताले एमालेको पहिचान सकिने अवस्थामा पुगेको आरोप लगाएका हुन् । उनले ओलीलाई शक्तिका लागि मर्न/मार्न, संसद् विघटन गर्न, पार्टी विभाजन गर्न, आफ्नैलाई राष्ट्रघाती भन्न, बदनाम गर्न तयार हुने मनस्थिति, विचार र मनोविज्ञान बोकेको पात्रको रुपमा चित्रण गरे ।
‘अहिले एमालेको पनि करिब–करिब पहिचान सकिएर ओलीको पार्टीतिर जाँदैछ । ओलीको प्रवृत्तिहरु, ओलीको मनमौजी, ओली एक जना व्यक्तिको स्वच्छन्दता, शक्तिप्रतिको अन्तिम आकांक्षा, मर्न, मार्न, संसद् विघटन गर्न, पार्टी विभाजन गर्न, आफ्नै कमरेडहरुलाई राष्ट्रघाती भन्न, आफ्नै कमरेडहरुलाई बदनाम गर्न सबै तयार हुने मनस्थिति, विचार, मनोविज्ञानको नाम हो ओली,’- भुसालले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु: घनश्याम भुसाल
सबै बन्धन चुँडालेर वाम एकता गर्न घनश्याम भुसालको अपिल
मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु: घनश्याम भुसाल
नेपालको राजनीति रवि लामिछानेभन्दा पनि मनपरी बोल्नेहरूको हातमा जाँदै छ: घनश्याम भुसाल
घुस नखानेहरूको क्रान्तिकारी पार्टी आवश्यक छ: घनश्याम भुसाल
घनश्याम भुसालका टिप्पणी-‘च्यासलतिर मरणोपरान्त अध्यक्ष भइराख्नुस् भनेर आरती उतारिँदै छ