महोत्तरी । चिसो अत्यधिक बढेपछि महोत्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन्। रामगोपालपुर र गौशाला नगरपालिका तथा सोनमा गाउँपालिकाले विद्यालय बन्द गरेका हुन्।
रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले सोमबारदेखि विद्यालय बन्द गरेका हुन् भने गौशाला नगरपालिका क्षेत्रका विद्यालय आजदेखि बन्द भएका छन्।
सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक साताको लागि जाडो बिदा दिएका छन्।
अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भएकाले विद्यालयमा बिदा दिइएको सोनमा गाउँपालिकाका अध्यक्ष विषेश्वर यादवले बताए।
रामगोपाल नगरपालिकाका प्रमुख रामदुलार साहले चिसोबाट विद्यार्थी प्रभावित हुने भएपछि जाडो छल्न केही दिन विद्यालय बन्द गरिएको बताए।
चिसो बढेपछि सर्लाहीका पनि केही स्थानीय तहले विद्यालयमा जाडो बिदा दिएका छन्। सञ्चालनमा रहेका विद्यालयमा पनि चिसोको कारण विद्यार्थीको सङ्ख्या घटेको छ। चिसो बढेपछि वीरगन्ज महानगरपालिकाले पनि एक साताको लागि विद्यालय बन्द गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द