काठमाडौँ । जनमत पार्टीले गुरु नानक जयन्तीका अवसरमा बिदा दिन माग गरेको छ । जनमत पार्टीको अल्पसङ्ख्यक विभागका संयोजक हरपालसिहं सोडीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै बिदा माग गरेका हुन् ।
‘नेपाल निर्माण तथा विकासमा अहम् भूमिका निर्वाह गरेका सिख समुदाय अल्पसङ्ख्यक समुदाय भएको हुनाले राज्यका विभिन्न तह तथा निकायहरूमा आरक्षणको व्यवस्था गरिदिनुहुन तथा सिखहरूको महान् धार्मिक चाडपर्व श्री गुरुनानक जयन्तीको अवसरमा सरकारी बिदाको घोषणा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ,’ प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
संविधानले सबै जाति र समुदायलाई समान अधिकारको हक प्रदान गरेकोले सिख समुदाय अल्पसङ्ख्यक भएकोले राज्यको सबै अङ्गमा समान पहुँच हुनुपर्ने हरपालले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ पुस २०८०, २१ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा