खेल क्षेत्र बिनाको अध्ययन अपुर्ण र अधुरो रहन्छ : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०८०, १५ : २४
खेल क्षेत्र बिनाको अध्ययन अपुर्ण र अधुरो रहन्छ : उप प्रमुख अधिकारी

भरतपुर । भरतपुर महानगरपालिका वडा न ८ मा रहेको एस ओ एस बालग्राम नेपालले सोमबारबाट बार्षिक खेलकुद सप्ताह समारोह शुरु गरेको छ । समारोहको भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले ओलम्पिक टर्च बालेर तथा गोल पोष्टमा गोल हानेर उद्वघाटन गरेका छन । 

समारोहलाई सम्बोधन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले  खेलकुद मानव जिवनको एक अभिन्न अङ्ग भएको टिप्पणी गरे । साथै उनले खेलकुदलाई एक महत्त्वपूर्ण बिषयको रुपमा पाठ्यक्रममा नै समावेश गर्नुपर्नेमा जोड दिए। खेलकुद र अध्ययन एक अर्काका परिपुरक हुन् उप प्रमुखले भने,खेल क्षेत्र बिनाको अध्ययन अपुर्ण र अधुरो रहन्छ । 

बर्तमान समयमा शिक्षा सगसगै अतिरिक्त क्रियाकलापको पनि आबश्यकता रहेको उल्लेख गर्दै उनले महानरको शुक्रबारिय क्रियाकलाप अन्तरगतको ब्यबहारिक शिक्षालाई आ आफ्नो बिद्यालयमा लागू गर्न सबै बिद्यालयहरुलाइ आग्रह समेत गरे ।

उनले महानगरपालिका एक वडा एक खेल मैदानको अवधारणामा गएको पनि बताए । बिकासका चरण सगै महानगरपालिकाले खेलकुदको क्षेत्रमा पनि कायापलट हुने गरि बिकास गर्न चाहेको छ उप प्रमुखले भने , 'सडक,शिक्षा,खानेपानी,सन्चार,खेल,पर्यटन,स्वास्थ्य लगाएतका क्षेत्रहरुको बिकास तीब्र गतिमा हुन्छ भने भरतपुरमा मात्रै हुन्छ ।'

खेल बिकासको क्षेत्रमा भरतपुर महानगरपालिकाले खेलेको भुमिकाको कदर गर्दै नेपाल सरकारले आर्थिक बर्ष २०७९र०८० मा सर्बोत्कृष्ट अवार्डबाट महानगरपालिका सम्मानित भएको स्मरण गर्दै नगर उप प्रमुख अधिकारीले उक्त सम्मानले महानगरवासीलाई थप उर्जा मिलेको बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ८ का अध्यक्ष जिवनाथ कडेल,शिक्षक अभिभावक सघका अध्यक्ष नारायण प्रसाद न्यौपाने लगाएतले मन्तव्य व्यक्त गरेका थिए।