आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०८०, ११ : ५२
आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

बाँके । नेपालगंजको मदनापुर बस्ने ९० वर्षीय छोटेलाल सार्कीको जलेर मृत्यु भएको छ । आफ्नो घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

आइतबार भएको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको  छ ।  
 

प्रतिक्रिया दिनुहोस