काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार सार्वजनिक गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुुसार कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवारका रुपमा अघि सारिएको छ ।
यस्तै गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारी तथा लुम्बिनीमा निरञ्जन थापा र बिजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ । यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार टुंगो लगाएको बताइएपनि नामावली सार्वजनिक गरिएको छैन ।
राप्रपाले सत्ता गठबन्धनबाट भाग खोजेको भएपनि कुनै सुनुवाइ नभएपछि आफ्नै ढंगले उम्मेदवार तय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने