काठमाडौँ । नेपाली कांग्रेसका शेखर कोइराला–गगन थापा समूह आन्तरिक रणनीति बनाउन छलफलमा जुटेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवासँग छलफलपछि शेखर–गगन समूह आन्तरिक छलफलमाा जुटेको हो ।
छलफलमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री द्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी सहभागी छन् ।
शेखर–गगन निकट एक नेताका अनुसार देउवासँग छलफलमा सङ्ख्या, मापदण्ड, योगदान लगायतका विषयमा कुराकानी भएको थियो ।पार्टीले मापदण्ड सभापति देउवा नमान्ने सङ्केत देखाएपछि नेता कोइराला र महामन्त्री थापाले असन्तुष्टि जनाएका थिए । शेखर– गगनले पार्टी भित्रको भागबन्डामा सम्मानजनक हिस्सेदारी हुनुपर्ने अडान राखेका थिए । उनीहरूले आफ्नो समूहले १० सिट मध्ये ४ सिट पाउनुपर्ने माग गरेका थिए ।
सभापति देउवाले सभापति देउवा दुई सिट मात्र दिने प्रस्ताव उनीहरूले अस्वीकार गरेको बुझिएको छ । नेताहरू आन्तरिक छलफलमा जुटेपछि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक ४ बजेका लागि सारेको छ । कांग्रेसका दुवै पक्ष आन्तरिक छलफलमा रहेकाले चार बजे पनि बैठक बस्ने सम्भावना देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल