काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सरेको छ । आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाए पनि नेताहरू आन्तरिक छलफलमा व्यस्त भएपछि बैठक सारिएको हो ।
सत्ता गठबन्धनमा भागबन्डा मिलेपछि बिहान पार्टीभित्रको भागबन्डा मिलाउन सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताको बैठक सकेको थियो । संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक थिए भने इतर पक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापा सहभागी थिए ।
देउवा निवासको छलफलपछि इतर पक्षका नेताहरू नेता शेखर कोइरालाको सम्पर्क कार्यालय विशाल नगरमा छलफल गरिरहेका छन् । कांग्रेसमा संस्थापन इतर पक्षले ४ सिटमा दाबी गरेको छ । संस्थापन पक्षले २ सिट दिने रणनीतिअनुसार सत्ता गठबन्धनमा सिट लिएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल