काठमाडौं । नवलपरासी पूर्व, कावासोती नगरपालिका–१४ थारु डण्डास्थित सडकमा ले.३ त ४९५५ नम्बरको ट्याक्टर र लु.२९ प १५३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक देउचुली नगरपालिका-१५ बस्ने ५७ वर्षीय खडानन्द काफ्ले जैसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, बिर्तामोड नगरपालिका–२ चारपानेस्थित सडकमा मे।५ प ७२४८ नम्बरको मोटरसाइकललाई प्र.१–०१–००२ ख ०१४९ नम्बरको बसले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक कनकाई नगरपालिका–८ बस्ने ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई उपचारको बिएण्डसि अस्पताल विर्तामोड पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापा, भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुलमा प्र.१–०१–०१३ प ९६०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कचनकवल गाउँपालिका–२ सुकुनाडिकी बस्ने २८ वर्षीय लेखनाथ दाहालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु