काठमाडौं । नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशमा सञ्चालित सहकारी संघ संस्थाहरुको पुँजी १.५ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्ष ४ अर्ब ५२ करोड ४० लाख ६६ हजार रुपैयाँ बराबर रहेको प्रदेशका सहकारीहरुको कूल पुँजी २०७९/८० मा बढेर ४ अर्ब ५९ करोड २४ लाख पुगेको बैंकले जनाएको हो ।
यसैगरी, यसवर्ष समग्र प्रदेशका सहकारीहरुबाट संकलित निक्षेप ०.१८ प्रतिशतले बृद्घि भई रु. १३ अर्ब ७९ करोड ५० लाख कायम रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ०.०८ प्रतिशतले कमी आएको थियो ।
तर, उपरोक्त सहकारी संस्थाहरुबाट यस प्रदेशमा प्रवाहित कर्जा २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तसम्ममा ६.६१ प्रतिशतले कमी आई रु.१४ अर्ब ३३ करोड १९ लाख पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८.०१ प्रतिशतले वृद्धि भएको थियो ।
अध्ययनमा समावेश गरिएका सहकारीमा सदस्य ९.४१ प्रतिशतले वृद्धि भई १ लाख ८५ हजार ४४० पुगेको छ भने कर्मचारी संख्या ४ सय ५६ नै रहेको छ । केन्द्रीय बैंकले समग्र गण्डकी प्रदेशको सर्वेक्षणका लागि तोकिएका १० वटा सहकारी संस्थालाई नमुनाका रुपमा लिएको थियो । उक्त १० सहकारीबाट प्राप्त नतिजाअनुसार केन्द्रीय बैंकले तथ्यांक सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने