काठमाडौ । सङ्घीय शिक्षा निकायका प्रमुख (सहसचिव) हरू अनुगमनबाट फर्किएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउँदैनन् ।
मन्त्रालयले शिक्षाका सहसचिवहरूलाई बर्सेनि प्रदेश, जिल्ला तथा पालिकास्तरमा अनुगमनका लागि खटाउने गरेको छ । खटाइएका सहसचिव सम्बन्धित स्थानमा पुग्छन् र फर्किएर आइसकेपछि अनुगमन प्रतिवेदन मन्त्रालयमा पेस गर्दैनन् ।
अनुगमनमा सहसचिव मात्र हुँदैनन् । तिनका साथ उपसचिव, अधिकृत र सहायक कर्मचारी रहन सक्ने निर्णय सदर भएको हुनाले आफूसाथ कनिष्ठ कर्मचारी पनि लिएर जाने गरेका छन् ।
लेखापरीक्षणका बखत झन्झट बेहोर्नुपर्ने भएकाले खर्च भुक्तानीको प्रयोजनका लागि प्रतिवेदनका नाममा दुईपाने सामान्य प्रतिवेदन लेखेर आफ्नो निकायको लेखा शाखामा पेस गर्ने गरेका छन् ।गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जमा बजार अनुगमन : तीन होटेललाई कारबाही
म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद
एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन
एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन
निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु
खाद्य तथा पेय पदार्थ बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन